नेपाल लाइफको आजको साधारणसभाले एक प्रस्ताव पारित गर्न नपाउने, यस्तो छ कारण

२८ माघ २०८१, सोमबार ०८:२९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ। उक्त वार्षिक साधारण सभा वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

आज बस्ने साधारणसभाको एजेण्डामा सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

उक्त व्यवस्थामा कम्पनीले भोलिको साधारणसभामार्फ प्रबन्ध पत्र संसोधन नगरी महिला संचालक निर्वाचन गर्न पाउने छैनन् ।अदालतले आवश्य कागजात सहित सूचना म्याद पाएको मितिबाट १५ (पन्ध्र) दिनभित्र उच्च सरकारी वकील कार्यालय, पाटनमार्फत तथा अन्य विपक्षीहरुको हकमा आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतिलिपिसहित विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्न निर्देशन दिएको छ ।

अदालतले कानूनी व्यवस्थाको कार्यान्वयन एवम् सुविधा र सन्तुलनको दृष्टिकोणबाट प्रबन्धपत्र र नियमावली परिमार्जन नगरी सञ्चालक समितिको निर्वाचन नगर्नू नगराउनू, यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ को उपनियम (१) बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।

साथै सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (कर समत) लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि जारी चथा चुक्ता पूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

त्यसैगरी सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गसिकेको छ । तसर्थ, बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*