भ्रष्टाचार नियन्त्रणमा कुनै कसर बाँकी नराख्न राष्ट्रपतिको निर्देशन, ‘आयोग चुक्ने–झुक्ने छैन’

२८ माघ २०८१, सोमबार १०:००

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने गरी काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं बार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका सम्भावित जोखिमका बारेमा सार्वजनिक निकायका पदाधिकारीहरुलाई बोध गराई भ्रष्टाचार निवारणमा कुनै कसर नराख्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी विधेयकहरु अलमलिएको सम्बन्धमा ध्यानाकर्षण गराउँदै भ्रष्टाचार नियन्त्रण सम्बन्धमा नेपाल समेत अन्तर्राष्ट्रिय सन्धीको पक्ष राष्ट्र भएकोले सबैको ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले अख्तियारले कसैको दवाव सामू नझुकी अनुसन्धानमा नचुकी काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*