शिवमको नाफा ५ करोड ६८ लाखः सञ्चालन आम्दानी ३ अर्बमाथि, इपीएससहित अन्य सूचक कस्तो ?

२८ माघ २०८१, सोमबार ११:०१

काठमाडौँ । वर्षदिनमा शिवम् सिमेन्ट्स लिमिटेडले ५ करोड ६८ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा कम्पनीले उक्त नाफा आर्जन गरेको हो । तर, उक्त नाफा गत वर्षको सोहि अवधिको तुलनामा ६१ प्रतिशतले कम हो ।

आर्थिक मन्दिका कारण विकास निर्माणले तिव्रता नपाएको बेला कम्पनीले गरेको उक्त आम्दानी सन्तोषजनक नै देखिएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११.८८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशतले घटेर ४० करोड १ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको कुल नाफा ५० करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

यता, अन्य आम्दानी १२ करोड २६ लाख रुपैयाँ र कुल खर्च ४४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ५ अर्ब ४५ करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ ।

पुष मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*