शेयर बजार घट्दा पनि २ वटामा सर्किट, ७७ कम्पनीका लगानीकर्ता मालामाल
२८ माघ २०८१, सोमबार १५:१२

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार घट्दा पनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किटसँगै कुल ७७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
सोमबार न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, आज नेपाल रिपब्लिक मिडियाको ८.८४ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ५.७८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













