नेप्सेमा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

२८ माघ २०८१, सोमबार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो ।

सोल्टी होटलको १० प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८ सय ९९ कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको ६ लाख ११ हजार ६ सय ५ कित्ता र मन्दकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत ३ लाख ७ हजार ९ सय ८४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*