‘नो केबलकार समूह’ पुनः आन्दोलनमा, घोषणा गरे प्रदर्शनीका कार्यक्रम

२८ माघ २०८१, सोमबार १६:०९

काठमाडौँ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा स्थानीय ११ संस्था र १० राजनीतिक पार्टीले पुनः आन्दोलनको घोषणा गरेका छन्। आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनको निर्णय गरिएको हो। आन्दोलनको कार्यक्रम माघ २९ गतेदेखि सुरु हुने जनाइएको छ।

उद्घोषित आन्दोलनमा आइएमइ समूहको बहिष्कार, मुक्कुमलुङ बचाऔँ पदयात्रा, केबलकारको अनुमति र सम्झौतासमेत खारेजीका लागि नगरपालिकाको कार्यालय घेराउ लगायतका गतिविधिहरू समावेश छन्।

उनीहरूले माघ २९ गतेदेखि फागुन ९ गतेसम्म केबलकार विरोधमा विभिन्न स्थानमा विरोध सभा र प्रदर्शन गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*