एसके इनर्जीले २० करोड ८० लाखको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

२८ माघ २०८१, सोमबार १७:५९

काठमाडौँ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यमा २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख रुपैयाँको आइपीओ जारी गर्नेछ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा इनर्जीका अध्यक्ष वीर बहादुर राई र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

इनर्जीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*