एशियन लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष ४५ अर्ब नजिक

२९ माघ २०८१, मंगलवार ०६:५६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ।

कम्पनीको खुद नाफा गत आवको तुलनामा चालू आवमा ५६ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवमा १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर २५ करोड ३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आम्दानी गत आवमा ५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै खुद बीमाशुल्क आम्दानी गत आवमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४१ पैसा रहेकोमा चालू आवमा बढेर १४ रुपैयाँ ७२ पैसा पुगेको छ।

चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र महाविपत्ति कोषमा २५ करोड २२ लाख रुपैयाँ सञ्चित गरेको छ।

त्यस्तै कम्पनीको जीवन बीमाकोष गत आवमा ३९ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २३ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*