निर्धन उत्थान लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफासँगै अधिकांश सूचांकमा बृद्धि

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४३१.४७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिसम्म आइपुग्दा लघुवित्तको सञ्चालन नाफा ४५९.७४ प्रतिशतले बढ्दा नाफामा बृद्धि भएको हो । गत वर्ष ३ करोड ५९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले अहिले बढाएर २० करोड ११ लाख रुपैयाँ पुर्याएको छ ।
यता कम्पनीको खुद ब्याज आम्दानी भने ९.४९ प्रतिशतले घटेर ८१ करोड ३० लाख रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ जम्मा छ । यसको खराब कर्जा पनि ११७० प्रतिशतबाट घटेर ९.४० प्रतिशतमा झरेको छ ।
यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ २३ पैसाले बढेर ५ रुपैयाँ २१ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९८ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९४.८६ रुपैयाँ रहेको छ ।












