सर्वोत्तम सिमेन्टको नाफामा उछाल, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्तो ?
२९ माघ २०८१, मंगलवार १३:१७

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको ६८९.२४ ले बढेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा कम्पनीले ३ करोड ५ लाख नाफा कमाएको थियो ।
सञ्चालन आम्दानी २ अर्ब ९२ करोड ९४ लाखबाट बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्च २२ करोड ९६ लाखबाट घटेर १५ करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ । इपीएस ९.७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ छ ।












