राजस्व र भन्सार विभागका प्रमुखलाई हटाईयो
२९ माघ २०८१, मंगलवार १७:३८

काठमाडौँ । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य र भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई हटाएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आचार्यलाई राजस्वबाट हटाएर सामान्य प्रशासन मन्त्रालय र पुडासैनीलाई भन्सारबाट हटाएर राष्ट्रिय योजना आयोगमा सुरुवा गर्ने निर्णय गरेको हो । उनीहरुलाई हटाएको विभागमा अहिलेसम्म अरु कसैलाई जिम्मा दिएको छैन ।
मन्त्रिपरिषद् बैठकले अर्थसचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी सो स्थानमा घनश्याम उपाध्ययलाई ल्याउने निर्णय गरेको हो । साथै, १७ जना सहसचिवको सरुवा मन्त्रिपरिषद्ले गरेको छ ।













