वित्तीय सूचांकमा बलियो बन्दै मेट लाइफ, जीवन बीमा कोषमा २७ अर्ब सञ्चित

३० माघ २०८१, बुधबार ०७:०७

काठमाडौँ । मेट लाइपफ इन्स्योरेन्स वित्तीय सूचकहरुमा बलियो बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा जीवन बीमा कोष, मुनाफा, व्यवसाय तथा ब्याज आम्दानी लगायत सूचकहरुमा सुधार आएको छ ।

समीक्षा अवधिमा कम्पनीको मुनाफा १४.८१ प्रतिशतले बृद्धि भएर २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

२७ अर्ब ३२ करोड रुपैयाँको जीवन बीमा कोष बनाउन सफल कम्पनीको जगेडा कोषमा दुई अर्ब ४४ करोड रुपैयाँ सञ्चित रहेको छ । वित्तीय विवरणका आधारमा कम्पनीले आफ्नो जीवन बीमा र जगेडा कोषको आकार बृद्धि गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा व्यवसाय पनि ६.७८ प्रतिशतले बढेर दुई अर्ब ८६ करोड ८५ लाख रुपैयाँ पुगेको छ। साथै, कम्पनीको लगानी तथा ब्याज आम्दनी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीको कुल खर्च तीन अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने कुल बीमा दावी भुक्तानी एक अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*