लिबर्टी माइक्रो लाइफको मुनाफा साढे ५८ लाख, अन्य सूचकको कस्तो छ प्रगति ?

३० माघ २०८१, बुधबार ०९:१२

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले ५८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.६७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ८२ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार ५ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन २६ लाख ४४ हजार रुपैयाँबाट बढेर ६ करोड ७४ लाख ८१ हजार रुपैयाँ पुगेको हो ।

कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने रिटन्र्ड अर्निङ १ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यसअवधिमा कम्पनीको आम्दानी २ करोड ६१ लाख रुपैयाँबाट बढेर ९ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*