प्रतिकित्ता एक सयमा नेपाल फाइनान्सले ११ लाख कित्ता शेयर बेच्दै, सबैले किन्न पाउने

१ फाल्गुन २०८१, बिहीबार ०७:४४

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१ दशमलव १८७ कित्ता हकप्रद संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी आवेदन माग गरेकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री खुला गरेको हो। यसमा आज फागुन १ गतेदेखि आवेदन दिन सकिनेछ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न आवेदन दिँदा कम्तीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता शेयर किन्न सकिनेछ।

यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकि बोलपत्र पेश गर्नु पर्नेछ। यसमा आवेदन दिने अन्तिम मिति आउदो चैत ८ गते तोकिएको छ।

बोलपत्र फाराम बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयका साथै प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*