उचालियो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
१ फाल्गुन २०८१, बिहीबार १०:३२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा कारोबार ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ ।













