फेरी बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ७० हजार माथि
२ फाल्गुन २०८१, शुक्रबार १०:३४

काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













