विजय लघुवित्तद्वारा प्युठानको विजुवारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२ फाल्गुन २०८१, शुक्रबार ११:०८

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्युठान जिल्लाको विजुवारमा माघ २९ गते “वित्तीय साक्षरता कार्यक्रम“सम्पन्न गरेको छ। वित्तीय साक्षरता दैनिक जीवन सङ्ग जोडिएको विषय साथै वित्तीय स्थायित्वको आधारशिल पनि भएको हुँदा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिहरुलाई वित्तीय प्रणालीमा समाबेश गर्न ,समुदायमा वित्तीय सचेतना जगाउने उदेश्य राखी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रशिक्षण अनुगमन अधिकृत तथा कलस्टर न. १५ का प्रमुख कुम बहादुर थापाले गरेका थिए । उनले प्रशिक्षणको क्रममा पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रमा देखीएको समस्या लगायत बचत, कर्जा ,बिमा ,विप्रेषण ,वित्तीय अनुशासन ,विद्युतिय वित्तीय सेवाहरु लगायत अन्य महत्त्वपूर्ण पक्षहरू बारे सहभागीहरु लाई जानकारी दिएका थिए ।

कर्जाको कारोबार गरि सम्बन्धित ब्यक्तिहरुले नियम अनुसार कर्जाको भुक्तानी नगरेको कारण वित्तीय क्षेत्रमा हाल केहि समस्या देखीएको हुँदा कर्जाको कारोबार गर्दा ब्यवसायिक योजना बनाएर मात्र कारोबार गर्न र त्यसको सदुपयोग गर्नमा जोड दिनु हुदै ,लामो समय सम्म पनि बैंक तथा बित्तीय संस्थाहरुमा कर्जाको किस्ता नतिरेमा कालो सुचीमा परिने हुँदा ,त्यसबाट पर्न जाने असरहरु बारे पनि स्पष्ट पारेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्युठान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रेशम कार्की रहेका थिए । उनले यस कार्यक्रमले जनसमुदायमा बैकिङ क्षेत्रको बारेमा बुझ्न र वित्तीय ज्ञानको सिकाइ हुने बताउदै केहि ठाँउहरुमा कर्जा लिए पछि त्यसको सदुपयोग गरि कर्जा तिर्नुको सातो लिएको ऋण नै तिर्नु हुन्न भनेर लागेको समेत देखीने गरेको हुँदा त्यस् तर्फ तपाईं हामी लाग्न नहुने बताएका थिए ।

६० जना बढी सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य बाग्दुला शाखाका शाखा प्रमुख सीता के.सिले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण कर्मचारी बृश्पती श्रेष्ठले गरेका थिए ।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*