टाटा मोटर्सको नयाँ टियागो ईभी २०२५ मोडल डेलिभरी सुरु

२ फाल्गुन २०८१, शुक्रबार १७:०१

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा टियागो।ईभी २०२५ मोडलको बुकिङ र डेलिभरी सुरु गरेको छ । यसमा थप फिचर्स, अत्याधुनिक डिजाइन, नयाँ प्रविधि, र आकर्षक रंगहरु उपलब्ध छन् । विशेष कुरा के छ भने, यी सबै सुधारहरू पुरानै सुरुवाती मूल्य अर्थात् २७ लाख ४९ हजार रुपैयाँमा उपलब्ध छन् ।

टियागो।ईभी २०२५ मोडलमा उच्च कार्यक्षमता, प्रयोगकर्तामैत्री सुविधा र नयाँ डिजिटल विशेषताहरु समावेश गरिएको छ । यसमा २६।०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा, दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड कन्ट्रोल, आईपी ६७ रेटेड ब्याट्री प्याक, कुल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर्स छन् ।

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालका अनुसार, नेपालमा टाटा मोटर्सका विद्युतीय सवारीसाधनहरूको सफलताले नयाँ टियागो।ईभी २०२५ प्रस्तुत गर्न उत्प्रेरित गरेको हो । उनले भने, ‘टियागो।ईभी आरामदायी, क्लच र गियरको झन्झट नहुने, पार्किङमा सहज, किफायती र वातावरणमैत्री भएकोले यसको लोकप्रियता बढिरहेको छ । हामी पूर्ण आशावादी छौँ कि टियागो।ईभीले नेपालमा आफ्नो बिरासत कायम राख्दै सबैभन्दा बढी बिक्री हुने विद्युतीय ह्याचब्याक बन्नेछ ।’

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठका अनुसार, टियागो।ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको छ । उनले नयाँ मोडल २०२५ टियागो।ईभीमा थप आकर्षक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी सुधार गरिएको र यो मोडलले पनि धेरै नेपाली ग्राहकहरूको माया र विश्वास जित्ने विश्वास व्यक्त गरे ।

यसमा स्लिक एलईडी हेडल्याम्प, डीएलआर, र आर १४ हाइपरस्टाइल ह्विलले गाडीलाई स्पोर्टी र अत्याधुनिक बनाएको छ ।

टियागोईभी २०२५ बुकिङको लागि ९८०१०१३४६९ मा फोन गर्न वा कम्पनीको आधिकारिक वेबसाइटमा जानकारी प्राप्त गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*