प्रतिकित्ता एक सयमै १८ लाख कित्ता शेयर बेच्दै बलेफी हाइड्रो, सबैले किन्न पाउने

४ फाल्गुन २०८१, आईतवार ०८:००

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले भोलि फागुन ५ गतेदेखि अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बिक्री खुला गर्ने भएको छ।

जसमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर रहेको छ। लकइन अवधि आउदो चैत २९ गते सकिने कम्पनीले जनाएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।

यस शेयरमा सर्वसाधारण लगायत इच्छुक जो कोही व्यक्ति, संघसंस्था वा कमपनीले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन १९ गते रहेको छ।

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र फाराम एनआइएमबि एस क्यापिटल लिमिटेडको काठमाडौं स्थित लाजिम्पाट कार्यालयका साथै चिप्लेढुङ्गा, ट्राफिकचोक, आदर्शनगर, गोल्छाचोक शाखा कार्यालयमा पाइँनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*