सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
४ फाल्गुन २०८१, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा किनबेच भइरहेको थियो ।
यता, चाँदीको मुल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













