डोटीमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पूर्वीचौकी र शिखर कमजोर

४ फाल्गुन २०८१, आईतवार १३:१०

काठमाडौँ। डोटी जिल्लामा संस्थागत क्षमता स्वमूल्याङ्कनमा पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिका कमजोर देखिएका छन् । जिल्ला रहेका ९ वटै स्थानीय तहहरूले आ.व. ०८०÷८१ को लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्पन्न गरी कार्यपालिकाबाट अनुमोदन पछि अन्तिम नतिजा सार्वजनिक गरेका छन् । सार्वजनिक नतिजा अनुसार शिखर र पूर्वीचौकीले अन्य स्थानीय तहको तुलनामा कमजोर प्रदर्शन गरेका हुन् ।

पूर्वीचौकी गाउँपालिकाले जम्मा ५९.२५ अंक प्राप्त गरेको छ, जसले यस गाउँपालिकाको संस्थागत क्षमता थप कमजोर भएको देखाएको छ । यता, शिखर नगरपालिकाले जम्मा ७२.७५ अंक प्राप्त गरेको छ, जुन डोटी जिल्लाका स्थानीय तहहरू मध्सये सबैभन्दा कम हुने दोस्रो नम्बरमा रहेको छ ।

शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकामा कमजोर प्रशासनिक व्यवस्थापन, बजेट तथा योजना कार्यान्वयनमा ढिलासुस्ती र समावेशीकरणमा कमी देखिएको छ । दक्ष जनशक्तिको अभाव, प्रभावकारी नेतृत्वको कमी र समन्वयको अभावले गर्दा यी तहहरूको प्रदर्शनमा नकारात्मक असर परेको बताइन्छ ।

डोटी जिल्लामा आदर्श गाउँपालिकाले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ । यसले जम्मा ९२.५ अंक प्राप्त अग्रस्थान लिएको हो ।

साथै, बडीकेदार गाउँपालिकाले ८६ अकं, जोरायलले ८४.५ अकं, दिपालय सिलगढी नगरपालिकाले ८४.२५ अकं, बोगटानले ८३.२५ अकं, सायलले ७६ अकं र के.आई.सि को ७४ अकं रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*