पुँजी बजारमा रौनकः साढे ९ अर्बको कारोबार, फाइनान्सको शेयर मूल्यमा उछाल

४ फाल्गुन २०८१, आईतवार १५:०५

काठमाडौँ । पुँजी बजार आज दोहोरो अकंले बढेको छ । गत साताको अन्तिम कारोबारको दिन ओरालो लागेको बजार आज भने बढ्न पुगेको हो । बजारमा हरियाली आउँदा लगानीकर्ता उत्साहित बनेका छन् ।

लामो समयदेखि शेयर बजार साइडवेजमा रहँदा सर्वसाधारण लगानीकर्ता ‘पर्ख र हेर’ रहेका थिए । हाल ब्याजदर न्यून विन्दुमा आइसकेको छ । बैंकबाट कर्जा लिएर शेयरमा लगानी गर्नेहरु समेत निरन्तर बढ्दै गएका छन् । देशको अर्थतन्त्र समेत लयमा आइरहेको छ । जसले गर्दा बजारमा थप रौनक ल्याउने विश्वास गरिएको छ ।

यससँगै फागुनको मौद्रिक नीति समीक्षाप्रति लगानीकर्तामा चासो बढेको छ । मौद्रिक नीति समीक्षामा शेयर धितो कर्जाको जोखिमभार, व्यक्तिगत लगानीकर्ताको सीमा र बैंकहरुलाई अल्पकालीन लगानीको अनुमति जस्ता विषयमा स्पष्टता आएमा बजारले नयाँ उचाई लिन सक्ने अपेक्षा गरिएको छ । साथै, नयाँ ब्रोकरहरुको आगमनले माग पक्ष सबल हुँदै जाने संकेतले दीर्घकालमा सकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरुको धारणा छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अकंले बढेर २६९८.०३ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोडको शेयर कारोबार भएको छ ।

आज फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । फाइनान्स सेक्टरको शेयर मूल्य ४.९४ प्रतिशतले बढेको हो । साथै, बैंकिङ समूहको ०.९८ प्रतिशत, विकास बैंक समूहको ०.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन ६ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*