‘नक्कली अटोमोवाइल पार्टसहरुको आयातले अटो व्यवसायी चिन्तित’

५ फाल्गुन २०८१, सोमबार ११:१३

काठमाडौँ । नक्कली अटोमोवाइल पार्टसहरुको बढ्दो आयातले नेपाली अटोमोवाइल व्यवसायीहरु चिन्तित भएका छन्। बुटवल, रुपन्देहीमा सम्पन्न नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीचको बृहत अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले नक्कली पार्टसका कारण व्यवसायमा परेको नकारात्मक प्रभावबारे गम्भीर चासो व्यक्त गरेका हुन्। कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रममा सहभागी अटोमोवाइल व्यवसायीहरुले बजारमा नक्कली पार्टसको आयातले व्यवसायमा नकारात्मक असर पारेको गुनासो गरे। व्यवसायीहरुले नक्कली पार्टसको बिक्रीले उपभोक्ताको विश्वास घटाउने र असली ब्राण्डहरुको बिक्रीमा असर पर्ने बताउँदै सरकारी निकायबाट प्रभावकारी बजार अनुगमनको माग गरेका छन्। उनीहरुले खुला सिमानाका कारण सीमापारिबाट सस्तो मूल्यमा नक्कली पार्टस भित्रिने र त्यसले व्यवसायीहरुको व्यापारमा ठूलो चुनौती सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरे।

साथै, उनीहरुले कर तिर्ने व्यवसायीहरुले सरकारीतहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरुसंगै अटोमोवाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंङ्गहरुले ऋण दिने भने पनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजश्व र रोगगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठूलो लगानी भए पनि सो अनुरुप सरकारको दृष्ट्रिकोण सकारात्मक नभएको, बजार अनुगमनको नाममा अझै जरीवाना तिनु पर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफनो व्यवसायमा टिकीरहन कठीन हुदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्याङ्गनका सम्बन्धमा भन्सार कार्यालयहरुमा हुने गरेको समस्या, गरेको, ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनु पर्ने, खुल्ला वोर्डरले पारेको समस्या, व्यवसायीहरुको पुरानो स्टकको समस्या रहेको नाडासँग गुनासो राखेका थिए ।

नाडाका अध्यक्ष करण चौधरीले व्यवसायीहरुको गुनासोलाई सम्बोधन गर्दै सरकारले हालै ल्याएको अध्यादेशबाट केही हदसम्म समस्या समाधान भएको बताउँदै नक्कली पार्टसको आयात रोक्न थप कदम चाल्न सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। उनले बजार अनुगमनलाई कडा बनाउन र नक्कली सामान आयातमा कडाई गर्न नाडाले सरकारसमक्ष पहल गरिरहेको उल्लेख गरे। चौधरीले बंगलादेश, भुटान, भारत, र नेपालबीच हुन लागेको बीबीआईएन सहमतिले पनि नेपालको अटोमोवाइल क्षेत्रलाई असर गर्ने भन्दै नाडाले यसबारेमा आफ्नो धारणा प्रस्ट पारिसकेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*