केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई ससपेन्ड गर्दै होस्टेलबाट कुट्दै निकाल्यो

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुट्दै होस्टेलबाट निकालेको छ। नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती कुट्दै बाहिर निकालिएको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल होस्टेलको आफ्नै कोठामा आइतबार साँझ मृत फेला परेकी थिइन्। विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको आत्महत्यापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू आन्दोलित बनेका थिए।
उक्त आन्दोलन दबाउन विश्वविद्यालयले नेपाली विद्यार्थीलाई दमन गरेको बताइएको छ । करिब ७ देखि ८ सय नेपाली विद्यार्थीहरूलाई ससपेन्ड होस्टेलबाट कुट्दै बाहिर निकालेको छ ।













