आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक विदा

७ फाल्गुन २०८१, बुधबार ०६:२८

काठमाडौं । आज फागुन ७ गते देशभर प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने परम्परा रहेको छ।

नेपालमा १०४ वर्षसम्म निरन्तर रहँदै आएको राणा शासन आजैका दिन जनआन्दोलन र राजनीतिक समझदारीका आधारमा अन्त्य भएको थियो। राणा शासनको अन्त्यसँगै नेपालमा पहिलोपटक नागरिक अधिकार, बहुदलीय व्यवस्था र संवैधानिक शासन प्रणालीको आधारशिला स्थापना भएको थियो।

आज राजधानी काठमाडौंसहित देशभर विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ। यस दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर प्रजातन्त्र दिवस मनाइँने गरिएको छ।

यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ। यससँगै शिक्षण संस्था, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका साथै नेप्से बन्द रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*