नेपाल फाइनान्सको १० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

८ फाल्गुन २०८१, बिहीबार १०:४१

काठामाडौँ । नेपाल फाइनान्सको १० लाख ९० हजार ३७१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*