ब्याज आम्दानीमा आक्रामक माइक्रोफाइनान्स, सूचीकृत ५० लघुवित्तमध्ये कस्को कति ? (सूचीसहित)

काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुले ब्याज आम्दानीमा आक्रामक देखिएका छन् । खराब कर्जा घट्दै जाँदा नाफामा उल्लेख्ख प्रगती गरेको लघुवित्त कम्पनीहरुले ब्याज आम्दानी समेत बढाएका हुन् । कुनै लघुवित्त वित्तीय संस्थाले ऋण लगानीबाट कमाएको कुल ब्याज आम्दानीबाट बचतकर्ता तथा अन्य स्रोतहरूबाट लिएको ऋणको ब्याज खर्च कटौती गरेपछि बाँकी रहने रकमलाई ब्याज आम्दानीमा गणना गरिन्छ ।
चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमास (साउनेदेखि पुष) सम्ममा कम्पनीहरुको खुद ब्याज आम्दानी २५.२४ प्रतिशतले बढेर १४ अर्ब ८९ करोड ४४ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्याज आम्दानी ११ अर्ब ८९ करोड २६ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा लघुवित्तहरुको नाफा समेत ५०.४७ प्रतिशतले बढेर २ अर्ब ७८ करोड १५ लाख ३० हजार रुपैयाँ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त मध्य ४१ कम्पनीको खुद ब्याज आम्दानी वृद्धि भएको छ । बाँकी ९ कम्पनीको उक्त आम्दानी भने सामान्य अकंले घटेको छ ।
समिक्षा अवधिमा सर्वाधिक खुद ब्याज आम्दानी गर्नेमा डिप्रोक्स लघुवित्त पहिलो नम्बरमा रहेको छ । ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ८७ लाख रुपैयाँ रहेको छ । तर, उक्त ब्याज आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १.८८ प्रतिशतले कम हो ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको जनउत्थान लघुवित्तले ९९ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६८.९८ प्रतिशतले बढी हो ।
पुष मसान्तसम्मको अवधिमा लघुवित्तहरुको खुद ब्याज आम्दानी क्रमशः साना किसानको ९६ करोड ८१ लाख, जीवन विकास लघुवित्तको ९४ करोड ८१ लाख, कालिका लघुवित्तको ९४ करोड ८१ लाख, निर्धन उत्थान लघुवित्तको ८१ करोड ३० लाख, नेशनल लघुवित्तको ६६ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दनी विन नेपाल लघुवित्त र समाज लघुवित्तको रहेको छ । समाज लघुवित्तको १ करोड ६ लाख र विन नेपालको १ करोड रुपैयाँ रहेको कम्पनीद्वारा जारी गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।












