छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा उपहार

८ फाल्गुन २०८१, बिहीबार १२:५१

काठमाडौं । जन्मदिनमा महँगो र अनावश्यक उपहार दिने चलन क्रमशः परिवर्तन हुँदै गएको छ। चाडपर्व तथा उत्सवहरूमा फजुल खर्च हटाएर भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ।

यसै क्रममा धरान–११ निवासी भावना याखाले आफ्नो छोरा तिमोथी राईको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, धरान शाखाबाट २० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार प्रदान गरेकी छन्।

उक्त बीमा पोलिसी धरान शाखा प्रमुख मेनुका श्रेष्ठमार्फत हस्तान्तरण गरिएको थियो। भावना याखाले छोराको उज्ज्वल भविष्य, परिवारको जोखिम व्यवस्थापन, बचत तथा सुरक्षाका लागि बीमा उपहार प्रदान गरेको बताइन्।

यस प्रकारको कार्यले समाजमा बीमाप्रति सकारात्मक सन्देश प्रवाह गर्दै अनावश्यक खर्च घटाउने र आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्ने संस्कृतिलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बीमा विज्ञहरू बताउछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*