सन नेपाल लाइफका सिनियर डेपुटी सीईओ कवि फुयालद्वारा पद बहाली
८ फाल्गुन २०८१, बिहीबार १३:४६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) कवि फुयालले आज पद बहाली गरेका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा आज उनले औपचारिक रुपमा पद बहाली गरेका हुन् ।
यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँल गत भदौं ७ गतेदेखि पदावधी सकिएर बाहिर निस्केका थिए । उनको कार्यकालमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट बनाउन सफल भएका थिए ।
बीमा क्षेत्रमा लामो अनुभव भएका फुयाँलले सन नेपाल लाइफलाई अझै उत्कृष्ट बनाउने विश्वास गरिएको छ ।













सन नेपाल नम्बर१बन्नेछ