पुँजी बजारमा हरियालीको निरन्तरताः साढे ८ अर्बको कारोबार, सकारात्मक नै हुने यस्ता छन् आधार

८ फाल्गुन २०८१, बिहीबार १५:११

काठमाडौँ । शेयर बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारमा निरन्तर सुधार आउँदा लगानीकर्तामा उत्साह थपेको हो ।

नेप्सेले पछिल्लो समय केही महत्त्वपूर्ण अवरोधहरू पार गर्दै अगाडि बढ्ने संकेत दिएकाले कतिपय लगानीकर्ता भने अझै सेयर बजारप्रति आकर्षित देखिन्छन् । तर, बजारको उतारचढावलाई पूर्वानुमान गर्न कठिन हुने भएकाले सावधानी अपनाउनुपर्ने विश्लेषकहरूको राय छ । आगामी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले लगानीकर्ताहरूको मनोविज्ञानलाई थप बल पु¥याउने अपेक्षा गरिएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर न्यून तहमा झरेको वर्तमान अवस्थामा बजारमा नयाँ लगानीकर्ता आकर्षित हुने सम्भावना देखिन्छ। लामो समयसम्म गिरावटमा रहेको बजारमा सेयर मूल्य औसतमा सस्तो भइसकेकोले मूल्य अभिवृद्धिको अवसर खोज्नेहरू थप सक्रिय भएका छन्।

सेयर बजारको नयाँ उचाइ हासिल गर्न लार्ज क्याप कम्पनीहरूको वृद्धि अपरिहार्य मानिन्छ। पछिल्लो समय लो क्याप र मिड क्याप कम्पनीहरूमा देखिएको गतिविधि क्रमशः लार्ज क्यापतिर सर्ने अपेक्षा गरिएको छ। साथै, सेयर धितो कर्जामा रहेको सीमा, बैंक तथा वित्तीय संस्थाको लगानी नीतिसम्बन्धी सुधार तथा नयाँ ब्रोकरहरूको उपस्थितिले बजारको माग पक्ष बलियो बनाउने विश्लेषण गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अकंले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ ।

यसदिन चार उपसूचकमा हरियाली आएको छ । आज जीवन बीमा समूहको २.४२ प्रतिशत,व्यापार समूहको ३.७७ प्रतिशत, अन्य समूहको ०.५७ प्रतिशत र निर्जीवन बीमा समूहको ०.६४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*