शिवम् सिमेन्टसहित तीन कम्पनीको बोनश शेयर सूचीकृत
८ फाल्गुन २०८१, बिहीबार १५:५९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कृषि विकास बैंकसहित ३ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो ।
बिहीबार कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५०२ कित्ता, शिवम् सिमेन्टको ८ दशलमव ५५ प्रतिशत बोनश शेयर वापत ४२ लाख ९८ हजार ८५ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४४४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त कम्पनीको सूचीकृत भएको बोनश शेयर आइतबारदेखि कारोबारमा आउने भएको छ ।












