पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ जना विद्यार्थी दीक्षित

८ फाल्गुन २०८१, बिहीबार १७:३०

काठमाडौं। पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ जना विद्यार्थी दीक्षित भएका छन् । बिहीबार आयोजित २०औँ दीक्षान्त समारोहबाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराए।

सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् भने पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ।

ब्गतजयच

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*