पाथीभरा क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप, स्थानियमाथि लठ्ठी र अश्रुग्यास प्रहार

८ फाल्गुन २०८१, बिहीबार १७:५३

काठमाडौँ । पाथीभरा केवलकार निर्माणको विरोध गर्दै आएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको छ। विरोधका क्रममा प्रदर्शनकारी केवलकार निर्माणस्थलतर्फ अघि बढ्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो।

प्रदर्शनकारीले निर्माणाधीन केवलकार भत्काउनुपर्ने माग राख्दै अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।

स्थानीयवासी तथा विभिन्न अभियानकर्मीहरूले केवलकार निर्माण पाथीभरा क्षेत्रको धार्मिक र सांस्कृतिक मौलिकता नष्ट गर्ने आरोप लगाउँदै विरोध गर्दै आएका छन्। उनीहरू सरकारले एक व्यवसायीको पक्ष लिएको भन्दै आक्रोशित बनेका छन्।

विरोध चर्किंदै गएपछि अहिले पाथीभरा क्षेत्र अशान्त बनेको छ। प्रदर्शनकारीहरूले केवलकार निर्माण कुनै पनि हालतमा रोक्नुपर्ने अडान दोहोर्‍याएका छन्। उनीहरूले यदि निर्माण कार्य नरोकिए आन्दोलन आगामी दुई-तीन महिना निरन्तर चल्ने चेतावनी दिएका छन्।

उनीहरुले सरकार विरुद्ध नारा लगाइरहेका छन् ।

पाथीभरा केवलकारको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*