नेपाल राष्ट्र बैंकले नेपाल पे टाइमको अनुमतिपत्र नवीकरण गरेन

९ फाल्गुन २०८१, शुक्रबार १०:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा.लि. लाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र नवीकरण नगर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार एक सूचना जारी गर्दै उक्त अनुमतिपत्र नवीकरण नगरिएको जनाएको हो। नेपाल पे टाइमलाई मिति २०७६ भदौ १९ मा प्रदान गरिएको अनुमतिपत्र नवीकरण नगरिनुको कारण संस्थाले लामो समयदेखि सेवा बन्द राख्नु, भुक्तानी सेवाका लागि आवश्यक वालेट एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध नहुनु, संस्थागत सुशासन कमजोर देखिनु तथा राष्ट्र बैंकका निर्देशनहरू पालना नगर्नु रहेको उल्लेख गरिएको छ।

राष्ट्र बैंकले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३(४) बमोजिम उक्त अनुमतिपत्र नवीकरण नगरिएको स्पष्ट पारेको छ। साथै, नेपाल पे टाइमले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूले संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए, सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*