३४ लाख ७५ हजारमै निसान म्याग्नाइट फेसलिफ्ट बजारमा, उत्कृष्ट डिजाइन र बलियो सुरक्षा फिचर

काठमाडौँ । नेपाली अटो बजारमा निसानले आफ्नो लोकप्रिय एसयूभी म्याग्नाइटको नयाँ फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ। निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले यसलाई नेपाली ग्राहकसमक्ष ल्याएको हो।
नयाँ म्याग्नाइटमा सुरक्षा, प्रविधि, र डिजाइनमा उल्लेखनीय सुधार गरिएको छ। नवप्रवर्तनशील विशेषता र ग्राहककेन्द्रित डिजाइनका कारण यो मोडल नेपाली अटो बजारमा थप लोकप्रिय हुने अपेक्षा गरिएको छ।
नयाँ डिजाइन: आकर्षक र आधुनिक
नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटरसहित स्लिक एलईडी हेडल्याम्प दिइएको छ। थ्रीडी हनिकम्ब प्याट्रन भएको एलईडी टेल ल्याम्प, एल-आकारको सिग्नेचर डीआरएल लाइट, ठूलो ग्रिल, डुअल टोन १६ इन्च डायमन्ड-कट एलोई ह्विल, फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, र उन्नत ग्राउन्ड क्लियरन्सले यसलाई थप आकर्षक बनाएको छ।
यस गाडी छवटा मोनोटोन र पाँचवटा डुअल-टोन रंगमा उपलब्ध छ, जसले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्छ।
भित्रको विलासी अनुभव
नयाँ म्याग्नाइटको इन्टेरियर आधुनिक प्रविधि र विलासी डिजाइनले भरिएको छ। लेदर-प्याक ड्यासबोर्ड, हनीकम्ब सिलाइयुक्त लेदरट सिट, लेदरट सजावट गरिएको ढोका, स्टेरिङ, र अगाडिको आर्मरेस्टले भित्री भागलाई आरामदायी बनाएको छ।
यसमा ३३६ लिटरको बुट स्पेस रहेको छ, जसलाई ६९० लिटरसम्म बढाउन सकिन्छ। पछाडिको सिट ६०:४० अनुपातमा स्प्लिट गर्न मिल्ने विशेषता रहेको छ, जसले यात्रुहरूको सुविधा बढाउँछ।
उन्नत प्रविधि र विशेष फिचरहरू
नयाँ म्याग्नाइटमा २० भन्दा बढी सेग्मेन्टकै उत्कृष्ट प्रविधिहरू समावेश गरिएका छन्। प्रमुख फिचरहरूमा १७.७८ सेन्टिमिटर डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर फ्लोटिङ टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, अर्कामिज थ्रीडी साउन्ड सिस्टम, क्रुज कन्ट्रोल, र मल्टिकलर एम्बियन्ट लाइट रहेका छन्।
यसमा रिमोटबाट ६० मिटर टाढै इन्जिन स्टार्ट गर्न मिल्ने ग्लोबल स्मार्ट की, इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभीएस, चारैतिर अवलोकन गर्ने मोनिटर, वायरलेस चार्जर, जेबीएल स्पिकर, ड्यासक्याम, र पडल ल्याम्पजस्ता सुविधाहरू उपलब्ध छन्।

शक्तिशाली प्रदर्शन
नयाँ म्याग्नाइटमा जडान गरिएको १.० टर्बो इन्जिन सेग्मेन्टमै उच्च प्रदर्शन प्रदान गर्ने दाबी गरिएको छ। प्रति लिटर २० किलोमिटर माइलेज दिने यस इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गर्न सक्छ। यसमा निसानको जीटीआर स्पोर्ट्स कारमा जस्तै उन्नत ‘मिरर बोर कोटिङ सिलिन्डर ब्लक प्रविधि’ प्रयोग गरिएको छ।
यस एसयूभी ५-स्पिड गियरबक्ससँग जोडिएको छ, जुन म्यानुअल र ईजेड-सिफ्ट (एएमटी) अप्सनमा उपलब्ध छ।
उच्च सुरक्षा विशेषता
नयाँ म्याग्नाइटमा ५५ भन्दा बढी सुरक्षा फिचर समावेश गरिएका छन्। कारमा छवटा एयर ब्याग, भेइकल डायनामिक कन्ट्रोल (VDC), ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक असिस्ट, एबीएस, ईबीडी, टायर प्रेसर मोनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर, चाइल्ड लक, र रियर पार्किङ सेन्सरजस्ता सुरक्षा विशेषताहरू उपलब्ध छन्।
निसानले यो गाडीलाई ६७ प्रतिशत हाई-टेन्सायल स्ट्रेन्थ स्टिलबाट निर्माण गरेको छ। साथै, कम्पनीले ३ वर्ष वा ३०,००० किलोमिटरको वारेन्टी सुविधा उपलब्ध गराएको छ।

मूल्य
नयाँ निसान म्याग्नाइट फेसलिफ्ट नेपाली बजारमा ३४ लाख ७५ हजार रुपैयाँमा उपलब्ध छ। न्यूनतम मूल्यमा अत्याधुनिक फिचरहरू समेटिएका कारण यो गाडीले नेपाली अटो बजारमा उल्लेखनीय सफलता पाउने अपेक्षा गरिएको छ।













