तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश शेयरधनीको खातामा

११ फाल्गुन २०८१, आईतवार ०७:३५

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको गत पुस २४ गते सम्पन्न २८औं वार्षिक साधारणसभाले पारित गरेको ११ प्रतिशत नगद लाभांश (कर बाहेक) सम्बन्धित शेयरधनीको खातामा पठाइएको छ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न पनि आग्रह गरेको छ। तत्पश्चात् नगद लाभांश शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा पठाइने जनाएको छ।

साथै गत पुस ६ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको बैंक वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र दिएपछि मात्रै नगद लाभांश पठाइने पनि बताएको छ।

होटल्सको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*