लाभांश र मर्जर प्रस्ताव सहित समता घरेलु लघुवित्तको साधारणसभा आज बस्दै

११ फाल्गुन २०८१, आईतवार ०९:४४

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज फागुन ११ गते बस्दैछ। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधा बढाउन र प्रबन्त्रपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी शेयर संरचना संशोधन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, चालू आवको वार्षिक कार्यक्रम, योजना तथा बजेटमाथि छलफल सहित अनुमोद गर्ने र १ जना महिला सहित ४ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्जोज गरिसकेको छ। बुक क्लोजको आधारमा माघ २३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*