सिमेन्ट र जल विद्युतको प्रिमियम आईपिओ भ्रष्टाचार, जबज र प्रिमियममा आईपिओ कहाँ मेल खान्छ प्रम ओलीज्यू ?

११ फाल्गुन २०८१, आईतवार १४:२०

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सिमेन्ट र जल विद्युत जस्ता प्राकृतिक स्रोत साधनबाट उत्पादन गर्ने उद्योगहरुले प्रिमियम मूल्यमा आईपिओ निकाल्न लागेकोमा संसदमा गम्भिर ध्यानाकर्षण गराइएको छ । प्राकृतिक स्रोत साधनको दोहन गरी सञ्चालित उद्योगहरुले अंकित मूल्यमै आईपिओ जारी गर्नुपर्नेमा प्रिमियम मूल्य जनताबाट असुल गरी आईपिओ निकाल्ने कार्य भ्रष्टाचारजन्य कार्य हुने भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराइएको हो ।

आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै हुम्लाका सांसद छिरिङ डम्डुल लामा कार्चेनले प्राकृतिक स्रोत साधन सम्बन्धी उद्योगहरुले आईपिओ निष्काशन गर्ने कार्य भ्रष्टाचार जन्य कार्य भएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् ।

सांसद लामाले हेटौडाको ऋद्धिसिद्धि सिमेन्टले स्थानीय चेपाङ बस्तीको उठिबास लगाएर अहिले प्रिमियम मूल्यमा आईपिओ निकालेर तिनै जनतालाई बिक्री गर्र्न लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् ।

सांसद कार्चेनले स्व. मदन भण्डारीको जबजको अनुशरण गर्ने एमाले नेतृत्वको प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राकृतिक स्रोत साधनको उपयोग गरी सञ्चालित उद्योगलाई कुन सिद्धान्तको आधारमा प्रिमियम मूल्यमा आईपिओ दिन लागेको भनि प्रश्न गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*