हिमालयन रि इन्स्योरेन्सको १ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
११ फाल्गुन २०८१, आईतवार १५:०५

काठामाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ ।
बजार सामान्य अंकले बढेसँगै हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यसदिन कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, सिटिजन लाइफ इन्स्योरेन्सको ६१ करोड ४८ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ६० करोड २९ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ४० करोड ६८ लाख रुपैयाँलेसर्वाधिक कारोबार भएको छ ।













