कुमारीको एसआईपी तथा अन्य लगानीसम्बन्धी सेवाहरु मोबाइल एपबाटै उपलब्ध

११ फाल्गुन २०८१, आईतवार १७:०१

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो ‘कुमारी क्यापिटल’ नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ । जसले सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउने जनाइएको छ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन् ।

एसआईपी अब झन् सजिलो

कुमारी क्यापिटल मोबाइल एप को माध्यमबाट एसआईपी व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुनेछ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्नेछ ।

एपका प्रमुख विशेषताहरूः

– एसआईपी व्यवस्थापन – कुनै पनि समय, कहीँबाट पनि एसआईपी सुरु, ट्याक र व्यवस्थापन गर्न ।

–डिम्याट खाता व्यवस्थापन –खाता हेर्न र व्यवस्थापन गर्न सहज बनाउने।

–आईपीओ,एफपीओ र हकप्रद सेयर आवेदन – अब आईपीओ आवेदन दिँदा झन्झटबिनाको अनुभव।

–छरितो, सुरक्षित र प्रयोगकर्तामैत्री एप – आधुनिक प्रविधि, सहज इन्टरफेस र सुरक्षित लगानी ।

नेपालमा डिजिटल लगानीको युग

कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा भन्छन् ‘हामी चाहन्छौँ कि प्रत्येक लगानीकर्ताले सहज रूपमा यस क्यापिटलबाट प्रदान गरिने सेवाहरु स्वदेश तथा बिदेशमा रहनु हुने हरेक नेपालीको हात हातमा पुगोस भन्ने हेतुलेनै हामीले मोबाइल एप मार्फत एसआईपी सुरु गर्ने, डिम्याट खाता खोल्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, आईपीओमा आवेदन दिने जस्ता सुविधाहरू अझ सरल बनाएका छौं, जसले गर्दा लगानीकर्ताहरूको यात्रा झन् सहज र व्यवस्थित हुनेछ।’ यस क्यापिटलले लगानीमैत्री प्रविधिको विकासमा विशेष ध्यान दिदै आइरहेको समेत जानकारी उनले गराए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*