साढे तीन लाख कित्ता शेयर बेचेर नरुडे मिर्मिरे लघुवित्तका ११ संस्थापक बाहिरिँदै

१२ फाल्गुन २०८१, सोमबार ०७:१९

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ६१ हजार २१६ कित्ता शेयर बिक्रीमा राखेको छ। हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन्।

उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।

साथै तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री खुला गरिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*