राष्ट्रसंघको प्रतिबन्ध सूचीमा परेकाको शेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन

१२ फाल्गुन २०८१, सोमबार १२:४६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम बोर्डले उक्त मार्गदर्शन सार्वजनिक गरेको हो।

बोर्डले धितोपत्र बजारका सबै सरोकारवालाहरूलाई मार्गदर्शनअनुसार कार्य गर्न आग्रह गर्दै यसको पूर्ण विवरण वेबसाइटमा उपलब्ध गराएको छ। मार्गदर्शन अनुसार, नेपाल सरकार गृह मन्त्रालयको वेबसाइटमा प्रकाशित ‘संयुक्त राष्ट्र प्रतिबन्धहरूको सूची’ मा सूचीकृत कुनै व्यक्ति, समूह वा संगठन धितोपत्र बजारको कारोबार विवरणमा रहे-नरहेको नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसबाहेक, कुनै सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बद्ध अन्य व्यक्ति वा संस्थाको सम्पत्ति वा कोष रहेमा सो तत्काल रोक्का राख्नुपर्नेछ। साथै, आतङ्ककारी गतिविधि वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाहरू पूर्ण रूपमा पालना गर्नुपर्नेछ।

धितोपत्र बजारका सहभागीहरूले आतङ्ककारी गतिविधि वा प्रतिबन्धित वित्तीय कारोबारसँग सम्बन्धित शंकास्पद व्यक्ति वा संस्थाका विवरणहरू वित्तीय जानकारी इकाईमा अनिवार्य रूपमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा उल्लेख गरिएको छ।

AuBUtuyu6efHJpGjxK7KETzXqBMcvCVs2HKPIGNX

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*