उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?: देवेन्द्र पौडेल
१२ फाल्गुन २०८१, सोमबार १४:१३

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङको कार्यकालको सराहना गर्दै उनलाई सम्मान गर्नुपर्ने बताएका छन्।
सांसद पौडेलले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै भने, कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ती गरे? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे? बरु उनलाई सम्मान गर्नुपर्छ।’
त्यस्तै, उनले विद्युतको बक्यौता नतिर्नेलाई लाईन काटिनुपर्ने कुरा उठाए, तर महशुस तिर्ने ग्राहकको लाईन काटिएको भन्दै उनले यसमा आपत्ति जनाए।













