सांसद श्रेष्ठको आपत्ति, ‘पाथिभरामा केवलकार बनाउन हजारौं लालिँगुरासको रुख काटिए’

१२ फाल्गुन २०८१, सोमबार १४:३०

काठमाडौं। सांसद विराजभक्त श्रेष्ठले पाथिभरामा केवलकार निर्माण गर्नको लागि गरिएको जंगल फडानी र दुर्लभ वन्यजन्तुका क्षतिहरुको विरोध गरे। सांसद श्रेष्ठले प्रतिनिधि सभामा बोल्दै भने, ‘पाथिभरामा केवलकार बनाउनको लागि सार्वजनिक जंगल फडानी गरिएको छ, राष्ट्रिय फुल लालिँगुरासको हजारौं रुख काटिएका छन्, र दुर्लभ बन्यजन्तु रेड पान्डा र भालुहरू विस्तावित मारी रहेका छन्।’

उनले थपे, ‘यो घाउमा नुन छर्किएको जस्तो भएको छ। एउटा व्यापारिक संस्था यो संसद, सरकार र राज्यभन्दा ठुलो हो? वार्ता भइरहेको छ, आन्दोलन भइरहेको छ। गृहमन्त्रीको ध्यानाकर्षण गर्दछु।’

सांसद श्रेष्ठले भने, ‘पाथिभरा संस्कृति र आस्थाको केन्द्र हो। यसका बारेमा सो क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्नु पर्ने हो। राई लिम्बु दाजुभाईका लागि पाथिभरा आस्थाको केन्द्र हो।’

उनले पाथिभरामा केवलकार बनाउन नदिने सर्वसाधारणलाई राज्यले दमन गरी रहेको पनि आरोप लगाए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*