एलआइसी नेपालको अवितरित हकप्रद शेयर बाँडफाँड सम्पन्न

१२ फाल्गुन २०८१, सोमबार १८:३५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको अविरित शेयर शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न भएको छ । कम्पनीले आज लिसारा बैकेट, नक्साल भगवति बहाल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न गरेको हो ।

कम्पनीले १ शेयर बराबर ०.८८४५१६८ शेयर (अर्थात् विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता साधारण शेयर) को अनुपातमा हकप्रद शेयर मिति २०८१/०८/१२ गते देखि मिति २०८१/०९/१७ बिक्री खुला गरी आवेदन माग गरिएकोमा ४९२,५७७ कित्ता शेयर आवेदन नपरेकाले प्रचलित कानून तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा २१ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को दफा १५ समेतको प्रावधानलाई आधार मानी उक्त शेयर लिलाम बढाबढ बाट खरीद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्ने गरी माघ १४ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।

उक्त शेयर माघ २१ गते देखि फागुन ५ गते बैंकिङ समय सम्म बोलपत्रहरु बिक्रि प्रबन्धक नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको कार्यालय लेखनाथमार्ग, ठमेल काठमाडांै र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुः बिराटनगर शाखा, विरगञ्ज शाखा, पोखरा शाखा, नेपालगञ्ज शाखा, बुटवल शाखा, सुर्खेत शाखा र धनगढी शाखामा प्राप्त हुन आएका १७९९ बोलपत्रहरु आज काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र खोल्ने कार्य सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

बोलपत्र आवेदनमा सबै भन्दा बढी रु. ११०० प्रति शेयर मूल्य र सबैभन्दा कम रु १०० कबोल भएको छ । बोलपत्र आवेदकहरु मध्य सबै भन्दा बढी बोलकबोल गर्ने बोलपत्र बाट क्रमश ४९२,५७७ कित्ता शेयर बाँडफाँड गर्दा रु. १०२२ (आवेदन फारम रुजु गर्दा अन्तिम मूल्य केही फरक पर्न सक्ने) न्यूनतम मूल्य निर्धारण भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*