सानिमा रिलायन्स लाइफको लाभांश घोषणा
१३ फाल्गुन २०८१, मंगलवार १०:११

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ दशमलव २४८९ प्रतिशत बोनस शेयर गरी जम्मा ९ दशमलव २४८९ प्रतिशतन लाभांश वितरण गर्ने निर्णय गरेको छ।
घोषित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।













