हिमालयन र नेपाल रि इन्स्योरेन्सको २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१३ फाल्गुन २०८१, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ ।
शेयर बजार बढेसँगै हिमालयन रि इन्स्योरेन्सको १ अर्ब दुई करोड ६२ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ८३ करोड तीन लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
साथै, एचआइडीसीएलको २९ करोड ७५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २७ करोड ४८ लाख रुपैयाँ, सीईडीबि होल्डिङ्सको २४ करोड रुपैयाँको कारोबार भएको छ ।














