बजारमा सकारात्मक माहोलः १० अर्बको कारोबार, उचाई तिर नै जान खोजेको हो मार्केट ?

१३ फाल्गुन २०८१, मंगलवार १५:०५

काठमाडौँ । नेपाल ग्रे लिस्टमा परेपछि शेयर बजारमा नकारात्मक असर पर्ने आशंका व्यापक थियो । तर, आइतबार, सोमबार र मंगलबारको बजार गतिविधिले यस्तो चिन्तालाई निरुत्साहित गरेको छ । बजारले ग्रे लिस्टको खबरलाई हरियो कार्पेटले स्वागत गर्दै निरन्तर सकारात्मक दिशा लिएको देखिएको छ ।

लगानीकर्ताको मनोबल बलियो बन्दै गएको छ । उनीहरूले बजारको दीर्घकालीन वृद्धिमा विश्वास राखिरहेका छन् । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता शेयर बजारमा प्रवाहित हुने सम्भावना उच्च रहेकाले कारोबार रकम र सूचक निरन्तर बढ्दै गएको छ।

यसैबीच, नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कुनै ठूलो नीतिगत परिवर्तन नहुने अपेक्षा गरिएको छ । नीतिगत सुधार नभएपनि बाधा गर्ने नीति समेत नआउने संकेत राष्ट्र बैंकले दिएको छ । जस कारण बजार बुलको यात्रा नै तय गर्ने विश्वास गरीएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले बढेर २७६५.८८ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ । यसदिन अन्य समूहको २.९० प्रतिशतले बढेको हो भने व्यापार समूहको २.५१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबार १०४ कम्पनीको मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*