गार्डियन माइक्रो लाइफसहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१३ फाल्गुन २०८१, मंगलवार १५:१३

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १०४ वटाको शेयरमा हरियाली छाएको छ ।
शेयर बजार बढेसँगै आजपनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८५ रुपैयाँले बढेको छ ।
साथै, नेपाल ल्युव आयलको ९.९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.९६ प्रतिशत, भुगोल इनर्जीको ८.४१ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













