राष्ट्र बैंकद्वारा ‘संस्थागत लगानी कोषहरू’ का लागि नयाँ सम्पत्ति शुद्धीकरण निर्देशन जारी

१३ फाल्गुन २०८१, मंगलवार १८:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ (२) बमोजिम नेपाल राष्ट्र बैंकलाई यी संस्थाहरूको नियमनकारी निकाय तोकिएको छ। यसअन्तर्गत, यसअघि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि जारी निर्देशिकालाई प्रतिस्थापन गर्दै, सामाजिक सुरक्षा कोषलाई समेत समेटी नयाँ निर्देशिका लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार, यी संस्थाहरूले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोकथामका लागि थप प्रभावकारी उपाय अपनाउनुपर्नेछ।

EPF-CIT-SSF-AML_CFT-publish-2

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*